मानिस जतिसुकै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ

कसैका भनाइले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्न सक्छ । यस्ता भनाइबारे हामी यहाँ उल्लेख गरिरहेका छौं । यसलाई मनन गर्नु भयो तपाइँको जीवनमा सफलता पाउन सकिन्छ । हामीले यहाँ यस्तै १० वटा कुराहरु राखेका छौं ।
१. मानिस जतिसुकै सुन्दर किन नहोस् तर कदर मानिसको गुण स्वभावको नै हुन्छ ।
२. दुख र पीडामा साथ दिने साथी प्राण भन्दा प्यारो हुन्छ, जुन बेला दुख परेको छ त्यो बेला साथ छोड्छ त्यो एक नम्बरको स्वार्थी हुन्छ ।
३. आजभोलि मिठास खानासँग नडराउनुहोस्, तर मिठास बोलीसँग पक्का डराउनुहोस् किनकी त्यहाँ डरलाग्दो स्वार्थ लुकेको हुन्छ ।
४. साथीको नाता त्यो होइन जुन दुनियाँलाई देखाइन्छ । साथीको नाता त्यो हो जुन, मनदेखि निभाइन्छ ।
५. घमण्डले मानिसलाई केही समयसम्म त ठुलो बनाउँला तर महान भने कहिल्यै बनाउन सक्दैन ।
६. दुनियाँमा कोही कसैको आफ्नो हुँदैन, मानिसहरु मलामी जान्छन् त केबल हाजिर जनाउन दुख सम्झेर होइन ।
७. बुद्धि नहुनेहरु बल देखाउँछन् भने बद्धि हुनेहरु दिमाग लगाउँछन् ।
८. मान्छेको तागत र शक्ति हेरेर होइन उसको वुद्धि र विचार हेरेर काम गर्नुहोस् ।
९. केही गर्ने सोच राख्ने मान्छेलाई यो संसारमा केही असम्भव छैन ।
१०. संसारको समस्या त्यही हो, मान्छेले समाज बदल्ने कुरा गर्छ, ठूलो आवाजमा तर आफु चाहिँ जस्ताको त्यस्तै ।
यो पनि
नारी, अर्थात घरको शोभा । नारीले नै हो, घर-परिवारलाई सन्तुलित राख्ने । खुसी दिने । स्वस्थ्य बनाउने । सुख ल्याउने ।
हामीले नारीलाई दुर्गा अर्थात शक्ति, सरस्वती अर्थात कला, लक्ष्मी अर्थात समृद्धिको रुपमा पूज्छौं । तर, कस्तो नारी ? प्रश्न उठ्न सक्छ । नारी भन्नसाथ नारी देहले मात्र पुग्दैन । उसको स्वभाव, प्रवृत्ति, चालचलन, सोंच आदि थुप्रै कुराले एउटा नारीलाई वास्तवमै कोमल, सहृदयी, विवेकशिल बनाउने हो । अतः हाम्रो धर्मशास्त्रले नारी कस्तो हुनुपर्छ ? वा कस्ता नारीले घरमा सुख-समृद्धि भित्र्याउन सक्छ भनेर व्याख्या गरेको छ ।
– जो मीठो बचन बोल्छ । जसको आवाज मधुर छ र हरेक क्षण मायालु बोली-ब्यवहार दर्शाउँछिन् ।
– आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बुद्धिमान, दयावान, कर्तव्य पालना पूर्ण निष्ठाका साथ गर्ने नारी ।
– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् ।
– जो घरमा आएका आगन्तुकलाई हार्दिकताका साथ स्वागत गर्छन् ।
– अर्काको दुख देखेर आफ्नो सामाथ्र्य अनुसार सहयोग गर्ने र अर्काले दुखबाट उन्मुक्ति पाउँदा आनन्द अनुभूत गर्ने नारी ।
– घरका सबै सदस्यालाई उत्तिकै प्रेम, सम्मान, श्रद्धापूर्वक व्यवहार गर्ने । सबैलाई मिठो-मसिनो र स्वस्थ्यकर खाना ख्वाउने नारी
– जो प्रत्येक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् ।
– बिहान-साँझ पूजाआजा गर्ने, दीप एवं धूपले घरलाई सुगन्धित बनाउने नारी ।
– पतिव्रत धर्मको पालना गर्ने नारी ।
– धर्म र नीतिको मार्गमा चल्नका लागि परिवारलाई प्रेरित गर्ने नारी ।
पत्नीका बारेमा प्रेरणादायक भनाइहरु
पत्नीका बारेमा धेरै जोक बनाइन्छन त्यस्तै धेरै प्रेरणादायक भनाइहरु पनि छन्।
तल तपाईले प्रेरणादायक, र हास्यास्पद पत्नीको बारेमा केहि पुराना भनाइहरू र पत्नी हितोपदेशको संग्रह भेट्टाउनुहुनेछ,जुन विभिन्न स्रोतहरूबाट संकलन गरिएको हो ।
” बिहे गर्नुमा खास बेफाइदा छैन , यदि श्रीमती असल परिन भने तिमी खुशी हुन्छौ खराब परिन भने तिमी दार्शनिक बन्छौ ” – Socrates
” सबै घरेलु उपचारहरू मध्ये, एक राम्रो श्रीमती सबै भन्दा राम्रो घरेलु उपचार हो । – Kin Hubbard
” प्रत्येक सफल पुरुषको पछाडि एक महिला हुन्छिन र ति महिला उसकी पत्नी हुन्छिन्।” – Groucho Marx
” न कहिल्यै तपाई भन्दा तल न कहिल्यै तपाईं भन्दा माथि सँधै तपाईंसँगै तपाइको जीवनसाथी ।” -Walter Winchell
” मेरो सबैभन्दा उत्कृष्ट उपलब्धि मेरो श्रीमतीलाई मसँग विवाह गर्न राजि गराउने मेरो क्षमता थियो।” -Winston Churchill
” पत्नी एक मात्र त्यस्तो व्यक्ति हुन जसले पतिको हर गल्ति माफ गर्न सक्छिन ।” -Milton Berle
“एक पुरुष नारीको साथ बिना सफल हुन सक्दैन चाहे त्यो आमा हुन या त श्रीमती यदि यी दुवै एक पुरुषको साथ छन भन्यो त्यो पुरुष साच्चै भाग्यमानि हुन्छ ।” – Harold MacMillan
“श्रीमानले के कुराको ख्याल राख्छ यस कुराको ख्याल श्रीमानले भन्दा बढि श्रीमतीले गर्छिन ।” -Mother Jones
” यदि असल श्रीमती चाहनुहुन्छ भने उसै संग विवाह गर्नुहोस जो एक असल छोरी थिइन ।” -Thomas Fuller
” मेरि श्रीमती मेरो रक्षक हो, मेरी श्रीमती नै मेरो शक्ति हो। ” -Amit Kalantri
” श्रीमती खाना बनाउन जान्ने तर बनाउन नचाहने होइन, खाना बनाउन नजान्ने तर बनाउन चाहने खोज्नुहोस ।” -Robert Frost
“श्रीमतीले आफ्नो कुरा सुनोस भन्ने चाहनुहुन्छ भने अन्य महिलासंग कुरा गर्नुहोस त्यसपछि उनले तपाइको वाहेक कसैको कुरा सुन्दिनन ।” – Sigmund Freud
” इमान्दार र मायाँ गर्ने श्रीमती विवाहको गहना हो ।” – Lamar Cole
” पुरुष जति आफुलाई शक्तिशाली ठान्छन त्यो भन्दा दुइ गुणा बढि श्रीमती शक्तिशाली हुन्छन ।” -Ralph Waldo Emerson
“त्यो भाग्यमानी पुरुष हो,जसले सच्चा मित्र पाउँछ र त्यो धेरै भाग्यमानी पुरुष हो जसले त्यो आफ्नी पत्नीभित्र सच्चा मित्र पाउँछ। ” -Franz Schubert
” श्रीमती अर्धाङ्गिनि हुन्छिन र पनि जीवन पुरा गरिदिन्छिन । ” – John Steinbeck
” एक असल श्रीमतीले तपाईको सपनाहरुलाई तव पनि जीवित राख्छिन जव तपाईले विश्वास गर्न नै छाडिसकेको हुनुहुन्छ ।” -Michael J। Sullivan
” जव एउटा पुरुषले असल श्रीमती पाउँछ यसको प्रभाव सधै उसको मुहारमा मुस्कान बनेर झल्किन्छ ।” -Johann Wolfgang von Goethe
” श्रीमती जवानीको प्रियसी ,अधबैशे उमेरको सहयात्री र बुढेसकालको नर्स हुन यिनलाई सधै सम्मान गर ।” -Charles Reade

Post a Comment

Please Select Embedded Mode To Show The Comment System.*

Previous Post Next Post