छोडी मलाई नजाउ है म त एक्लै हुन्छु प्यारी।
तिम्ले छोडी गयौ भने धुरुधुरु रुन्छु प्यारी ।
अब त टाढा भएछु, मेरो नाम कस्ले पो गुन्छ होला।
मेरै निम्ती बनपाखामा न्याउली रुँदा कस्ले पो सुन्छ होला।
मैले देख्ने सपना र रहरहरू असीमित नै भएछन क्यारे,
मेरो गन्तब्यको चुली सगरमाथा झैं कहिले हुन्छ होला।
पहिला पहिला भेट हुँदा, तर्किएर हिँड्थ्यौ।
बोलाउँदा स्नेहले, झर्किएर हिँड्थ्यौ।
एउटै ठाउँ पुग्नु थियो, मैले तिम्रो साथ मागेँ।
एक्लै पुग्छु भनी अन्तै फर्किएर हिँड्थ्यौ।
विना फिक्री सबको सामु खुलेर पिएँ आज ।
तिम्रा सारा वाचा-कसम, भुलेर पिएँ आज ।
तिमीले छाड्यौ भन्ने जब एक सन्देश पाएँ।
तिम्रा सयौं प्रेम-पत्रहरु, बटुलेर पिएँ आज ।
एक्कासी जब आत्माले नसाको चाह ग-र्यो,
एउटै नबिर्राई सारा भट्टी, डुलेर पिएँ आज ।
हिजोसम्म साँझपख अलिकति चुस्कि लिन्थें
एका विहानै लरखराउँदै, झुलेर पिएँ आज ।
हामीलाई नै पर्खी बसे तिमी आउने पधेरिमा ।
गाग्री बोकी आउछौ भन्ने सुनेकोथ्ये अधेरिमा ।
पूणिमाको जुन जस्तो तिम्रो रुप बल्छ अरे,
देख्थे तिमीलाई झलमल्ल तिम्रै घरको मझेरीमा ।
मुसुमुसु हाँसेकी छौ लाली अधर खोली आज
मनै छुने कती मिठो सानी तिम्रो बोली आज।
फरिया र चौबन्दीमा सजिएर डोको बोकी
घाँस काट्न झर्यौ सानी खेत छेउको खोली आज।
तिमी हाँस्दा दाँत लहर मोती दाना झल्काउने
परदेशमा बसेको छु तिम्रो माया तोली आज।
छोडी मलाई नजाउ है म त एक्लै हुन्छु प्यारी
तिम्ले छोडी गयौ भने धुरुधुरु रुन्छु प्यारी

Tags:
My Gallery